डि.एल.सी मोबाइल नेपालमा विद्यार्थी र गुणस्तरीय शिक्षाको बिचको दुरी मेटाउनको लागि विकसित गरिएको एक शिक्षण अनुप्रयोग हो। यस एपमा नेपालका सर्वश्रेष्ठ शिक्षकहरूले कक्षा ४ देखि कक्षा ११ सम्म अनिवार्य विषयहरू सिकाएका छन्। एपमा सिकाइएको पाठहरु नेपाल सरकारले तयार गरेको पाठ्यक्रम अनुसरण छ। डि.एल.सी मोबाइल डियरवाक लर्निंग सेन्टर (DLC) को लागी काम गर्ने १० ईन्जिनियरहरूको इन-हाउस टीम द्वारा विकसित गरिएको हो। डि.एल.सी, एक नाफा नकमाउने शिक्षा संगठन हो जुन २०१६ मा स्थापित भयो |
यो भिडियोहरु कक्षा ४ देखि कक्षा १२ को नेपाल सरकारको शिक्षा मन्त्रालय केन्द्रित पाठ्यक्रम आधारित छन् । डि.एल.सीको विश्वास छ कि यसले विद्यार्थीहरुलाई, विशेष गरी नेपालको सार्वजनिक विद्यालयहरुलाई मद्दत पुर्याउँछ जोसँग शिक्षकहरू पहुँच छैन तर ईन्टरनेटमा केही प्रकारको पहुँच छ ।