डियरवाक लर्निङ्ग सेन्टर - डि एल् सी स्थापना गर्नुको उद्देश्य नेपालको शिक्षा प्रणालीमा रहेको खाडललाई सम्बोधन गर्ने रहेको छ । हामी पाठ्यक्रम विकास केन्द्र, नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा विकसित पाठ्यक्रमको आधारमा कक्षा १ देखि कक्षा १२ सम्मको लागि भिडियो कक्षाहरूको विकास र वितरणमा ध्यान केन्द्रित गर्दछौँ । हामी विश्वास गर्दछौँ कि यो शैक्षणिक मोडेलले नेपालका सरकारी विद्यालहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष मद्दत गर्ने छ । शिक्षकहरूको पहुँचबाट टाढा रहेका तर इन्टरनेटको पहुँच सहज रूपमा हुने क्षेत्रका विद्यार्थीहरू यो सेवाबाट विशेष लाभान्वित हुने छन् ।