फ्लिप्ड-गरिएको कक्षा

परिभाषा अनुसार फ्लिप्ड-गरिएको कक्षा, एक शैक्षणिक मोडेल हो जसमा पाठ्यक्रमका कुराहरू र गृहकार्यका तत्वहरू उल्टाइन्छन् । डि एल् सीले यस पोर्टलको माध्यमबाट देशमा फ्लिप्ड कक्षा मोडेलको प्रचार गर्ने लक्ष्य लिएको छ । विद्यार्थीहरुले फ्लिप्ड कक्षाहरू घरमा हेरेर स्कुल आउने गर्छन् भने प्रत्येक कक्षाको सुरुवात शिक्षकले अन्तरक्रियाबाट गर्ने गर्दछन् । विश्वभरका अनुसन्धानहरूले के देखाएका छन् भने यस मोडेलमा अध्ययन गर्दा विद्यार्थीको शिक्षामा महत्त्वपूर्ण सुधार आएको पाइएको छ । हामी नेपालका प्रत्येक विद्यार्थीहरूको शिक्षा सुधार गर्ने उद्देश्य राख्दछौँ ।